राजनीति

कांग्रेस संसदीय दलको बिषय समितीको पहिलो बैठक सम्पन्न

२२ मसिंर, काठमाडौ । नेपाली कांग्रेस संसदीय दलको बिषय समितीको बैठक सिंहदरबारमा सम्पन्न भएको छ ।

समितीका संयोजक दिब्यमणिराज भण्डारीको अध्यक्षतामा समितीको पहिलो बैठक सकिएको हो ।

आजको कार्यक्रममा आम नेपाली उपभोक्ताहरुको हक , हित र संरक्षणको निमित्त सम्बन्धित मन्त्रालय , संसदका समितीहरु , नृपाली काग्रेसका संसदीय दलद्धारा छायाँ सरकार मन्त्रीहरु , सरकारवाला निकाय र ब्यवसायीहरु सगँ छलफल एवं परामर्श गर्नै निर्णय पनि गरेको छ ।

नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका सभापति शेरबहादुर देउवाले गत मसिंर १३ गते दिब्यमणिराज भण्डारीको संयोजकत्वमा अभिषेक प्रताप शाह, कर्मा घले , प्रकाश पन्थ , प्रकाश रसाइली स्नेही र रगँमति शाही सदस्य रहने गरी बिषय समिति गठन गरेका हुन ।