राजनीति

राजसंस्था र हिन्दुराष्ट्र नै मुलुक र जनताको आवश्यकता : अध्यक्ष थापा

२२ मसिंर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष कमल थापाले “राजा आउँ देश बचाउँ” हैन “जनता आउँ देश बचाउँ” अभियानलाई प्रथामिकता दिन आग्रह गरेका छन ।

अध्यक्ष थापाले देशब्यपीरुपमा राजसंस्था र हिन्दुराष्ट्र पुनस्र्थापनाका लागि भएको आन्दोलनको समर्थनमा आफु रहेको बताएका छन ।

अध्यक्ष थापाले एक कार्यक्रममा बोल्दै राजसंस्था र हिन्दुराष्ट्र पुनस्र्थापनाका लागि भइरहेको आन्दोलनमा आफ्नो पुर्णरुपमा ऐक्यबद्धता रहेको बताएका छन ।

उनले कार्यक्रममा बोल्दै जनताले राजा ल्याएर र जनता र राजा मिलेर देश बनाउनु पर्नै बताएका छन । राजसंस्था र हिन्दुराष्ट्रको पक्षधरलाई राप्रपाको नेतृत्वमा  एकजुट हुन अध्यक्ष थापाले आग्रह गरे ।