मनोरञ्जन

वैवाहिक बन्धनमा बाँधिइन नायिका श्वेता खड्का

२२ मसिंर,काठमाडौं। नायिका श्वेता खड्काले दोस्रो विवाह गरेकी छन्।
स्वर्गाीय नायक श्रीकृष्ण श्रेष्ठको निधनपछि धेरे समय एक्लो जिवन बिताइरहेकी नायिका खड्काले
धनगढीका विजयेन्द्र सिंह राउतसँग विवाह गरेकी हुन्।

काठमाडौंको गोकर्ण रिसोर्टमा भएको वैवाहिक कार्यक्रममा उनले विजयन्द्र र आफू निकटका केही व्यक्तिहरुलाई मात्रै निमन्त्रणा दिएकी छन् ।

बिहेको अघिल्लो दिन स्वेताले कोरोनाको सन्त्रासकाबीच जुरेको खुसीको माहोलमा सबैलाई सामेल गराउन असमर्थ भएको बताएकी थिइन् ।