आर्थिक

सिभिल बैंकको एक्सटेन्सन काउन्टर एकान्तकुनामा संचालनमा

२२ मसिंर,काठमाडौ । सिभिल बैंकले यातायात ब्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, एकान्तकुना, ललितपुरमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

अब ललितपुरको एकान्तकुना स्थित यातायात ब्यवस्था कार्यालयका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजश्वतथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्फत सजिलै संग भुक्तनी गर्न सक्नेछन् ।

करीव पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ३ एक्सटेन्सन काउन्टर (यस एक्सटेन्सन काउन्टर सहित) मार्फत सेवा प्रदान गरीरहेको छ ।