स्वास्थ्य

विमानस्थलमा कार्यरत ११ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

२२ मसिंर,काठमाडौं । थप ११ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । हुम्ला बिमान स्थलमा खटिएका सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

एक सुचनाअधिकारीका अनुसार मसिंर १८ गते बिमानस्थलमा कार्यरत एक महिला सुरक्षाकर्मीलाई कोरोना देखिएको थियो ।

उनका सम्पर्कमा आएका अन्य सुरक्षाकर्मीको कन्ट्याक्ट ट्रेसिङ गर्दा १२ जनाको स्वाब संकलन गरीएको थियो ।सोही परिक्षणमा ११ जना सुरक्षाकर्मीमा पोजेटिभ देखिएको हो ।