पर्यटन/संस्कृति

नेपालको हवाई क्षेत्रमा लाग्दै आएको प्रतिबन्ध हटाउने संकेत

२२ मसिंर, काठमाडौ। अन्तराष्ट्रिय नागरिक उड्डयन मन्त्रालयले उड्डयन दिवशको पुर्वसन्ध्यामा नेपालले हवाई सुरक्षाको क्षेत्रमा गरेको कार्यको सुधारको प्रसंशा गरेको नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले जानकारी दिएका छन ।

साथै उनले अब नेपालको हवाई क्षेत्रमा लाग्दै आएको प्रतिबन्धलाई युरोपेली युनियन सघंले हटाउने संकेत देखिएको भन्र्दै खुसी ब्यक्त गरेका छन ।

पछिल्लो समय हवाई क्षेत्रमा देखिएको सुधारले हवाई सुरक्षामा लागेको प्रतिबन्ध क्रमिकरुपमा हट्दै जाने र अब यसका लागि तीन ओटा मापदण्ड कार्यन्वयनमा लैजानुपर्नै मन्त्रि भट्टराइले बताए ।

हवाई क्षेत्रका तीन प्रतिबन्ध हटाउन ब्रसेल्समा प्राविधिक कमिटिको बैठक राखिने त्यसपछि युरोपेली युनियनको हवाई सुरक्षा एजेन्सीका विज्ञ तथा प्राविधिकले नेपालको भ्रमण गर्ने र ईयूका सदस्य देशबाट हुने यो भ्रमणले नेपालले हवाई सुरक्षाको लागि ईयूका मापदण्ड पूरा गरे-नगरेको हेर्नेछ ।