आर्थिक

सोमवार सुनको मुल्य घट्यो

२२ मसिंर,काठमाडौं । साताको दोस्रो दिन सोमवार नेपाली बजारमा सुनको मुल्यमा सामान्य रुपमा गिरावट आएको छ ।

आज सुन प्रतितोला ९२ हजार ६०० रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ । यस्तै आइतबार छापावाला सुन प्रतितोला ९२ हजार ७०० रुपैयामा कारोबार भएको थियो ।

आज सुन १०० रुपैयाले गिरावट आएको हो । यस्तै तेजावी सुन प्रतितोला ९२ हजार १५० रुपैयामा कारोबार भइरहेको छ ।

भने आज चाँदी प्रतितोला १ हजार २ सय ५ रुपैयामा कारोबार भएको छ । यो हिजो आइतबारको तुलनामा ५ रुपैयाले गिरावट आएको हो ।