प्रवास

कोरोना सङक्रमणका कारण बिदेशमा ३ सय १ नेपालीको मृत्यु

२१ मसिंर,काठमाडौ । कोरोना भाइरस (कोभिड १९) का कारण हाल सम्म बिश्वका बिभिन्न २० मुलुकमा कार्यरत रहेका ३ सय १ जना नेपालीको मृत्यु भएको छ ।

यो सातामात्र बिदेशमा कोरोनाका कारण २ जना नेपालीको मृत्यु भएको गैर आवसीय नेपाली सघं अन्तर्गतको स्वास्थ्य समितीले जनाएको छ ।

यो साता जर्मनीमा एक र भारतमा एक गरी दुई जना नेपालीको बिदेशमा कोरोनाका कारण मृत्यु भएको हो ।

समितीका अनुसार यो साता थप पोर्चुगल,आउदीअरब,युएई,जापान र भारतमा कार्यरत थप नेपालीहरुमा कोरोना सङक्रमण देखिएको जनाएको छ ।