पु.समाचार

नेपाललाई स्मार्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने: प्रविधिमन्त्री गुरुङ

२० मङ्सिर, काठमाडौँ । सञ्चार तथा सूूचना प्रविधि मन्त्रीपार्वत गुरुङले पर्यटन क्षेत्रलाई मुुलुुकको आर्कषक गन्तव्यबनाउने गरी सूचनाप्रविधिको विकास गर्ने प्रतिवद्धता व्यक्तगरेका छन् ।
सरकारका प्रवक्ता समेत रहेकामन्त्री गुरुङले नेपाललाई स्मार्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने गरी सूचना प्रविधिको विकास गर्ने बताएका छनु । पाकिस्तान स्थित विश्वको दोस्रो सर्वोच्चशिखर माउन्ट केटूू हिमाल आरोहण गर्न लागेका दोलखा बेदिङकाहिम आरोहीहरु मिङ्माग्याल्जेन शेर्पा, दावाग्याल्जेन शेर्पा र किली पेम्वा शेर्पालाई नेपालको राष्ट्रि«य झण्डाका साथविदाई गर्न शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विश्वको सर्वोच्चशिखर सगरमाथालगायतको आरोहण गरेर हिमालआरोहीहरुले नेपाललाई विश्वमाझचिनाउन महत्वपूर्ण भूमिकानिर्वाह गरिरहेको पनि स्मरण गराए। ‘नेपाललाई विश्वमा झचिना उनी हिमआरोहीहरुले खेल्नु भएको भूमिका महत्वपूर्ण छ’, मन्त्री गुरुङले भने, ‘अवनेपाललाई स्मार्ट पर्यटकीय गन्तव्यको रुपमाविकास गर्ने गरी सूचनाप्रविधिको विकास गर्न लागि पर्नेछु ।’
मन्त्री गुरुङले संघ, प्रदेश र स्थानीय सरकारबीचको सहकार्यलाई अझै जोड दिएर मुलुुकलाई सूचना प्रविधि मैंत्री बनाउन सकिने पनि स्पष्ट पारे । उनँले दोलखाको रोल्वालिङ हिमाल आरोहरणको क्षेत्रमानयाँ–नयाँकीर्तिमानकायम राख्नेहरुको जन्मथलो भएकाले सो ठाउँलाई स्मार्ट पर्यटकीय गन्तव्य बनाउन आफूूले सक्दो पहलगर्ने बताए ।
सो अवसरमामन्त्री गुरुङले माउन्ट केटू हिमाल आरोहणमा जान लागेका तीनै जना हिमआरोहीहरुलाई सफलताको शुुभकामना व्यक्त गरेका थिए । मिङ्मा, दावा र किलीले विश्वको सर्वोच्चशिखर सगरमाथाको पटक पटकआरोहण गरिसकेका छन् । मन्त्री गुरुङले माउन्ट केटूू हिमालआरोहणमा पनि सफलताप्राप्तगर्ने विश्वास व्यक्तगर्दै त्यसमाकुनै समस्याआएआफूलाई जानकारी गराउनपनिआरोहण दलका सदस्यलाई आग्रह गरे ।
विदाई समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्याल, बागमतीप्रदेशकाप्रदेशसभा सदस्य सरस्वती बस्नेत, गौंरीशंकर गाउँपालिकाकाअध्यक्ष सोयमबहादुर खड्का लगायतको सहभागिता रहेको थियो । आरोहण दलका सदस्यहरुलाई मन्त्री गुरुङले आफ्नो एक महिनाको पारिश्रमिक बराबरको आर्थिक सहायता प्रदान गर्नु भएको थियो भने गौरीशंकर गाउँपालिकाले २ लाख सहायता उपलब्ध गराएको थियो । दोलखाको गौंरीशंकर गाउँपालिकास्थित बेदिङगाउँमामात्रै ६५ जनाभन्दा बढिले विश्वको सर्वोच्चशिखर सगरमाथाको सफल आरोहण गरि सक्नु भएको छ ।