साहित्य

लाल–भागिरथा प्रतिष्ठानद्वारा तीन प्रतिभा पुरस्कृत

२० मङ्सिर, झापा । लाल–भागिरथा प्रतिष्ठानले साहित्य, कृषि र गृहस्थी क्षेत्रमा विशिष्ट योगदान पु¥याएवापत तीन जना प्रतिभालाई आज पुरस्कृत गरेको छ ।

पुरस्कृत हुनेमा साहित्यकार कनकाईका मित्रप्रसाद दाहाल, अग्र्यानिक अभियानमा लाग्नुभएका मेचीनगरका कृषक डिल्ली खतिवडा र कुशल गृहिणी अर्जुनधाराकी यशोदा बराल छन् ।

प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीले तीनै जना प्रतिभालाई प्रतिष्ठानको तर्फबाट जनही ३१ हजार नगदसहित सम्मानपत्रद्वारा पुरस्कृत गरे।

साहित्यकार दाहालले चारवटा महाकाव्यसहित दर्जन बढी बहुविधाका कृति प्रकाशित गरिसकेका छन् भने पुरस्कृत गृहिणी बरालले विसं २०३० मा पञ्चायती सरकारद्वारा हात्ती लगाएर घर भत्काउन लगाएपछि आफ्नै बलबुता र मेहेनतबाट छोराछोरीलाई उच्च शिक्षा, सामाजिक सेवा र निमुखाका लागि न्याय दिलाउन साहसिक योगदान गरेका छन् ।

पुरस्कृत कृषक खतिवडाले हाल सात कठ्ठा जग्गामा फोहरबाट मल बनाउने डिकम्पोजर प्रविधिबाट अग्र्यानिक मल र अग्र्यानिक औषधि उत्पादनसहित तरकारी खेती गरिरहेका छन् ।