प्रवास

नेपाल भारत सिमामा खुले प्रभु बैंक एक्स्टेन्सन काउण्टर

१७ मङ्सिर, काठमाडौँ । नेपाल सरकार, अर्थ मन्त्रालय भन्सार विभाग, त्रिपुरेश्वर, काठमाण्डौ र प्रभु बैंक लि. को समन्वयमानेपालभारत सीमाकाविभिन्न७ वटा भन्सार कार्यालयहरु भद्रपुर भन्सार कार्यालय झापा, सुनसरी भन्सार कार्यालय सुनसरी, ठाडी भन्सार कार्यालय सिरहा, जलेश्वर भन्सार कार्यालय महोत्तरी, महेशपुर भन्सार का र्यालय नवलपरासी, सुठौलीभन्सार कार्यालय कपिलवस्तु र सतिभन्सार कार्यालय कैलालीमासरकारी राजश्व/भन्सार संकलनका लागि सञ्चालनमा रहेका प्रभु बैंक लि. का एक्स्टेन्सन काउण्टरहरुले थप समयावधिकालागिनिरन्तर रुपमा बैंकिङ्ग सेवा प्रवाह गर्ने भएका छन् । सो सम्बन्धीनविकरण सम्झौतामा नेपाल सरकार, अर्थ मन्त्रालयभन्सार विभाग, त्रिपुरेश्वर, काठमाण्डौका तर्पmबाट महानिर्देशकश्री सुमन दहाल र प्रभु बैंक लि. का तर्फबाट प्रमुखकार्यकारी अधिकृत श्री अशोक शेरचनले आजमिति २०७७/०८/१७गतेका दिन हस्ताक्षर गरेकाे हो ।

नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमारहेका प्रभु बैंकलि. का एक्स्टेन्सन काउण्टरहरुको सेवाबाट सम्बन्धितभन्सार कार्यालयहरुको स्तरोन्नतीसँगै उक्त क्षेत्रमाआयातनिर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुनगई राजश्व संकलनको आंकाडामा वृद्धि हुनजाने तथा स्थानीय सेवाग्राहीतथा संघ संस्थाहरुले प्रभु बैंकलि. को गुणस्तरीय बैंकिङ्गसेवाउपभोग गरी लाभान्वितहुनेछन् । यसका साथै नेपाल सरकारको राजश्व संकलनप्रक्रियामाछिटो छरितो हुनगई सहजीकरण हुने समेत बैंकले विश्वास लिएको छ ।