साहित्य

पूर्णप्रकाश नेपाल यात्री बाल साहित्य सम्मानका लागि रु अक्षय्य कोष

१६ मङ्सिर, सिन्धुपाल्चोक / कवि तथा अधिकारकर्मी कृष्ण सुवेदी भारद्वाज मित्रले आफ्नी आमाका स्मृतिमा पूर्णप्रकाश नेपाल यात्री बाल साहित्य सम्मान स्थापनाका लागि रु एक लाखको कोष स्थापना गर्ने घोषणा गरेका छन्। नेपाली साहित्य, अनुसन्धान र प्राज्ञिक उन्नयनका लागि जीवनपर्यन्त सक्रिय यात्रीका सम्मानमा आफ्नी माताको स्मृतिमा कोष स्थापना गर्नका लागि वर्षिक पुण्यतिथिका दिन सुवेदीले कपन साहित्य समाजसँग प्रस्ताव गरेका छन् ।
करीब दुई दशकदेखि साहित्य उन्नयनका लागि निरन्तर सक्रिय समाजका आजीवन सदस्य सिन्धुपाल्चोकका सुवेदीले मित्र प्रतिष्ठान नेपाल र समाजबीचको सहकार्यमा बाल साहित्यका क्षेत्रमा कलम चलाउने स्रष्टालाई सम्मान गरिने जानकारी दिए । समाजका अध्यक्ष गणेश मिश्रले समाजका नियमित गतिविधिमा सो सम्मान थप्न पाउँदा निकै खुशी लागेको र यसबाट यात्रीको योगदानको पनि स्मरण हुने बताए ।