आर्थिक

मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय भवन शिलन्यास

१५ मङ्सिर, काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले काठमाण्डौ महानगरपालिका वडा नं. ३, लाजिम्पाट, काठमाण्डौ स्थित आफ्नै जग्गामा केन्द्रीय कार्यालय भवन निमार्णको लागि भूमी पूजा तथा भवनको शिलन्यास आज गरिएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष श्री भरतराज ढकालले भूमी पूजा तथा शिलन्यास गरेको हो । विकास बैंकले छिट्टैभवननिर्माण सम्पन्न गरी आफनै भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गरी सेवालाई थप स्तरीयता र सवल बनाउन सहज हुनेछ भने बैंकको केन्द्रीय कार्यालयले स्थायित्व पाउने छ ।

उक्तशिलन्यास कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरु,सेयर धनी तथा ग्राहकहरु र कर्मचारीहरु उपस्थित रहेका थिए ।

विकास बैंकले कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार र प्रणालीलाई प्रोत्साहन गर्न VISA Network अन्तर्गतको जुन सुकै बैंकको ATM बाट विनाकुनै शुल्क रकमझिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्माआदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थितन भई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ । हालविकास बैंकको १३८ ओटा शाखाहरु रहेका छन् ।