आर्थिक

बैंक अफ काठमाण्डूको २६ औं वार्षिक साधारण सभा सम्पन्न

१५ मंसिर, काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडको आफ्नो २६औं वार्षिक साधारण सभा आज मिति २०७७ मंसिर १५ गते सोमबार एक समारोहको बिच सम्पन्न भएको छ । उक्त समारोहमा बैंकको सञ्चालक समितिका अध्यक्ष श्री प्रकाश श्रेष्ठज्यूको अध्यक्षतामा सम्पन्न साधारण सभाले समितिको प्रतिवेदन पारित गरेको छ । उक्त सभाले श्री नेपाल राष्ट्र बैंकको निर्देशानुसार नेपाल फाईनान्सियल रिर्पोटिङ्ग स्टाण्ड्र्डस बमोजिम तयार वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साधारण सभाले २०७६/७७ सम्मको संचित मुनाफाबाट २०७६ आषाढ मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस शेयर र चुक्ता पूँजीको ३ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।