आर्थिक

कामना सेवाविकास बैंक लिमिटेडको डिवेञ्चर प्रत्याभूतीकर्ता नागरिक लगानी कोष

१५ मंसीर, काठमाडाैँ । कामना सेवाविकास बैंक लिमिटेडको १ हजार अंकितदरका दशलाख कित्ताको ऋणपत्र प्रत्याभुतीकर्ताको रुपमा नागरिक लगानी कोष नियुक्त भएको छ ।डिवेञ्चर प्रत्याभूतीकर्ता सम्झौता–पत्रमाकामना सेवाविकास बैंक लिमिटेडको तर्फबाट प्रमुखकार्यकारी अधिकृत श्री प्रविण बस्नेतर नागरिक लगानी कोषको तर्फबाट कार्यकारी निर्देशक श्री रमण नेपालले हस्ताक्षर गरेका थिए ।
यसै साथनेपालराष्ट बैंकबाट ‘ख’वर्गको इजाजतपत्रप्राप्त बैंकहरुमाकामना सेवाऋणपत्र निष्काशनगर्ने पहिलोविकास बैंक बनेको छ भनेनागरिक लगानी कोषले ऋणपत्र प्रत्याभुूती गरेको पनि यो प्रथम पटक हो ।यस ‘९५ प्क्द्यद्यी डिबेञ्चर २०८७’ ऋणपत्रको अवधि १० बर्षको रहेको अर्धबार्षिक, ब्याजप्रदान हुने साथै सेबोनको स्विकृति पश्चात यो ऋणपत्र निकट भविष्यमा निष्काशन गरिने समेत विज्ञप्तिमा जनाइएको छ ।
कार्यक्रममा प्रत्याभूतीकर्ता नागरिक लगानी कोषको मर्चेन्ट बैंक विभागप्रमुख नारायण प्रसाद घिमिरे,धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडका सहायकमहाप्रबन्धक सचिन्द्र ढुंगाना, निष्काशनविभागप्रमुख रामकुमार महततथानिष्काशनकर्ता कामना सेवाविकास बैंक लिमिटेडका जोखिक व्यवस्थापन विभाग प्रमुख प्रदिप पुडासैनीसमेतको उपस्थिती रहेको थियो ।