पु.समाचार

गोल्छा–प्रधान समुहको ठोकुवाः भारती मतसहित प्यानलनै निर्वाचित हुन्छौं

१२ मङ्सीर, काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको जारी निर्वाचनको अन्तिमदिनशनिवार नयाँ नेतृत्वका लागि मतदानहुँदै छ । महासंघको ५४ औं साधारण सभाबाट नयाँ नेतृत्व चयनगर्नका लागि शनिवार मतदानहुन लागेको हो ।
जिल्लानगरबाटै प्रतिनिधित्व गर्ने बिराटनगरका ब्यवसायी किशोर कुमार प्रधान र एसोसियटस्बाट प्रतिनिधित्वगर्ने चन्द्र ढकालबीच बरिष्ठ उपाध्यक्ष पदमा प्रतिस्पर्धा हुदैं छ । सुरुवातबाटै निकै प्रतिस्पर्धा हुने देखिएको बरिष्ठ उपाध्यक्ष पदमा मतदानहुनु भन्दा १२ घण्टा अगाडी नै ५० प्रतिशत मतभार रहेको जिल्लानगरबाट आफुले पाउने मतको आंकलनदुवै पक्षले गरिसकेका छन् । नयाँबानेश्वरको एभरेष्ट होटेलमा १३ गतेबाट अध्यक्षबन्ने भावी अध्यक्ष सेखर गोल्छा र बरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानसहितका पुर्व अध्यक्षहरु र जिल्लानगरका अध्यक्षहरुको बैठकले प्रदेश १ बाट ८०प्रतिशतमत, प्रदेश २ बाट सतप्रतिशत, बागमती प्रदेशबाट ७० प्रतिशत, गण्डकी प्रदेशबाट ५० प्रतिशत, लुम्विनीप्रदेशबाट ७० प्रतिशत, कणार्ली र सुदुर प्रदेशबाट ९० प्रतिशत जिल्लानगरको मतआफुले प्राप्तगर्ने ७ वटै प्रदेशका जिल्लानगरका अध्यक्षसहितको बैठकले निष्कर्ष निकालेको छ । बस्तुगत र एसोसियटबाट ६५ प्रतिशत आफुले मतपाउँदा समग्रमा७५ प्रतिशतको हारहारीमा मत पाउँद सिङ्गो टिम नै निर्वाचित हुनेमा ढुक्क देखिन्छन् ।
पछिल्लो समय चन्द्र ढकाल समुहले निकै भरोसा गरेको गण्डकी प्रदेश, लुम्विनी प्रदेश, कणार्ली र सुदुर पश्चिम प्रदेशका जिल्ला अध्यक्षहरु सेखर गोल्छा र किशोर प्रधानको समुहमा खुलेरै लागेका छन् । महासंघको बरिष्ठ उपाध्यक्षमादुवै उम्मेद्वार उक्तिकै बलियो रहेपनिअनुभव, अभ्यास र महासंघमा योगदानकाआधारमाकिशोर कुमार प्रधानलाई नेतृत्वदिनुपर्नेमाअधिकांस जिल्लानगर अध्यक्षहरु एकमत छन् । महासंघमा आवद्ध सदस्यहरुको हित र सरकारसंग आफ्नो कुरा प्रष्ट राख्न सक्ने प्रधानलाई नेतृत्वमा ल्याउँदा व्यवसायीहरुको हितमाकाम गर्न सजिलो हुने उनीहरुको भनाई छ । बर्तमान अध्यक्ष भवानी राणा, भावी अध्यक्ष सेखर गोल्छा, निर्वतनमान अध्यक्ष पशुपति मुरारकालगायतका अधिकांस पुर्व अध्यक्षहरु प्नि यसपाली किशोर प्रधानलाई मत दिनुपर्ने बताएका छन् पछिल्लो समिकरण हेर्दा किशोर प्रधान र उनको समुहनिकै बोली देखिएको छ भने चन्द्र ढकाल समुह रक्षात्मक अवस्थामा छ । बन्दसत्रमा बिहिवार चन्द्र ढकालले आफनो समुहले हार्ने लक्षण देखेपछिसेखर गोल्छाको नेतृत्वक्षमता र १० बर्षे योजना माथी कडा टिप्पढी गरेका छन् । किशोर प्रधानले पुर्व अध्यक्षको सम्मान, अध्यक्ष सेखर गोल्छाको भिजनकार्यान्वयनगर्न सारथीबन्ने र गोल्छापछि आफु अध्यक्षमा आएपछि गोल्छाले सुरु गरेका कार्यक्रमसगैं अन्य भिजन पनि प्रस्तुतगर्ने बन्दसत्रमा बताए । जिल्लानगर उपाध्यक्षमा दिनेश श्रेष्ष्ठ, बस्तुगतमा अञ्जन श्रेष्ठ, एसोसियटमा सौरभ ज्योतिसहित जिल्लानगर, बस्तुगत र एसोसियटबाट उम्मेदवार भएका सबै उम्मेदवारले फराकिलो मतअन्तरले बिजयी हुनेमा गोल्छा समुह ढुक्क रहेको छ । मतदान शनिवार विहान ८ बजेबाट सुरु हुने छ । निर्वाचन समितिले पनि तयारी पुरा भएको जानकारी दिएको छ ।