आर्थिक

ग्लोबल आइएमईको एक्सटेन्सन काउण्टर कास्कीको ट्राफिक प्रहरी कार्यालयमा

१२ मङ्सिर, काठमाडौँ ।  ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबार कास्की जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । गण्डकी प्रदेश ट्राफिकप्रहरी कार्यालय प्रमुख एस.पी. प्रभू प्रसाद ढकाल र कास्कीजिल्लाप्रहरी कार्यालय प्रमुख एस.पी. जीवनकुमार श्रेष्ठले संयुक्त रुपमा बैंकको एक्सटेन्सन काउण्टरको उद्घाटन गरेका छन् ।

बैंकले सेवाग्राहीको बढ्दो चापर बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दैकास्कीजिल्ला, पोखरा महानगरपालिका– ९, नयाँबजार स्थित जिल्ला ट्राफिकप्रहरी कार्यालय परिसरमाएक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । बैंकले जिल्ला ट्राफिकप्रहरी कार्यालयमा सेवालिने सेवाग्राही लगायत अन्य ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्ने प्रयोजनार्थ यस एक्सटेन्सन काउण्टर सुरु गरेको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखासहित २३९ एटिएम, ४७ एक्सटेन्सनतथाराजश्व संकलनकाउण्टर, २३१ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्र्पक कार्यालय मार्फत आफ्ना २१ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।