खेलकुद

सर्वाधिक पुरस्कार राशीको ब्याडमिन्टन प्रतियोगिता हुने

१२ मङ्सिर, काठमाडौँ । प्रथमलाई १ लाख ११ हजार १ सय ११ पुरस्कार राशी रहेको ब्याडमिन्टन प्रतियोगिता सिन्धुपाल्चोकको चौतारामा आयोजना हुने भएको छ । ब्याडमिन्टनको ईतिहासमा नै सर्वाधिक पुरस्कार राशी रहेको ‘तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप – २१ ब्याडमिन्टन प्रतियोगिता’ हुने भएको हो ।

चौतारा साँगाचोकगढी नगरपालिकाको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा जिल्ला स्तरका लागि पुरुष एकल र युगल तथा राष्ट्रिय स्तरका लागि पुरुष एकल गरि तीन विधमा प्रतिपर्धा गराईने आयोजक तोप – २१, चौताराले ले जनाएको छ । पहिलो चरणमा जिल्लाका लागि पुरुष एकल र युगल तथा दोश्रो चरणमा राष्ट्रिय स्तरको पुरुष एकल प्रतियोयगता आयोजना गरिनेछ ।

जिल्लामा ब्याडमिन्टन खेलको प्रवर्धन गर्ने उद्धेश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा खेलाडी दर्ता शुल्क १ हजार रहेको छ भने नाम दर्ता गर्ने अन्तिम मिति २०७७ मंसिर १५ गते सम्म रहेको आयोजकले प्रेश बिज्ञप्ती मार्फत जानकारी गराएका छन् ।

राष्ट्रिय स्तरको पुरुष एकल तर्फको बिजेताले नगद १ लाख ११ हजार १ सय ११ प्राप्त गर्ने छन् भने उपबिजेताले नगद ५५ हजार ५ सय ५५ प्राप्त गर्ने छन् । यस्तै सेमिफाईनलिस्ट (तृतीय स्थान) दुई जनाले जनही १० हजार प्राप्त गर्ने छन् । कोरोनाको महामारीका कारण प्रतियोगितामा प्रतिस्पर्धा गर्नबाट बञ्चित राष्ट्रिय खेलाडीहरुले पहिलो पटक यती ठुलो धनराशी रहेको प्रतियोगितामा प्रतिस्पर्धा गर्न गईरहेका छन् ।

यस्तै जिल्ला स्तरिय पुरुष एकलका बिजेताले नगद ३० हजार, उपबिजेताले नगद २० हजार र सेमिफाईनलिस्त दुईले जनही ५ हजार प्राप्त गर्ने छन् । युगल तर्फ बिजेता जोडीले ४० हजार, उपबिजेता जोडीले ३० हजार र सेमिफाईनलिस्ट दुई जोडीले ५÷५ हजार प्राप्त गर्ने प्रस बिज्ञप्तीमा जनाईएको छ ।

सिन्धुपाल्चोकको सदरमुकाम चौतामा मंसिर २१ गतेदेखि संचालन हुने प्रतियोगितालाई ब्यापकता प्रदान गर्न प्रचलित राष्ट्रिय मिडियाको फेसबुक र युट्युबबाट प्रत्यक्ष प्रसारण गर्ने ब्यबस्था मिलाएको समेत आयोजकले जानकारी गराए ।