पु.समाचार

कोरोनाका कारण पछिल्लो २४ घण्टामा २३ जनाको निधन, थपिए १६ सय १४ संक्रमित

११ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २३ जनाको निधन भएको छ । आजको निधन भएको संख्या पछि कोरोनाबाट निधन हुने नेपालीको संख्या नेपालमा पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमित १६ सय १४ जना भेटिएका छन् । कोरोना निको भई डिस्चार्ज हुनेको संख्या पछिल्लो २४ घण्टामा १४ सय ३७ रहेको छ । संक्रमितमा पुरुष ९७४ जना र महिला ६४० छन् ।