आर्थिक

मुक्तिनाथ विकास बैंकको अनलाइनकर्जा आवेदन सेवा

११ मङ्सिर, काठमाडौँ । मुक्तिनाथविकास बैंक लि.ले ग्राहकहरुको समयको महत्वलाई ध्यानमा राखि र कोरोनाको महामारीको विषम परिस्थितीमा डिजिटल प्रणालीको प्रोत्साहन गर्ने गरी अनलाइनकर्जा आवेदन सेवा सञ्चालन माल्याएको छ ।

बैंकलाई थप प्रविधि मैत्री बनाउने क्रममा बैंकले आप्mनो वेबसाइटकबाट सिधै विभिन्न कर्जाका लागि आवेदन दिन सक्ने साथै कर्जा स्वीकृतिका लागी आवश्यक पर्ने कागजात समेत अनलाइनमार्फत नै ग्राहकहरुले प्रस्तुत गर्न सक्ने सुविधा उपलब्ध गराएको हो ।यस प्रणाली मार्फत ग्राहकले आफुलार्इ सहज पर्ने कुनै पनि शाखा अनलाइननै छनोट गरीकर्जा आवेदन दिन सकिने साथै, सम्पूर्ण कागजात प्रस्तुत गरिएको ७ कार्य दिन भित्र नै कर्जा स्वीकृति गरिने छ ।

बैंकले नयाँ प्रविधिलाई आत्म साथ गर्नुका साथै बैंकमा कार्यरत कर्मचारी र ग्राहकवर्गको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाप्रदानगर्ने उद्देश्यले अनलाइनकर्जा आवेदन सेवा सञ्चालन माल्याइएको हो ।

कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार र प्रणालीको प्रोत्साहन गर्न बैंकको ग्राहकले VISA Network अन्तर्गत जुन सुकै बैंकको ATM बाट विनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।