आर्थिक

सन्राइज बैंकले ल्यायाे ग्राहकहरुका लागि सन्राइज smart बचत खाता

८ मंसिर काठमाडौँ । “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ अभियान अगाडी बढाउदै आएको सन्राइज बैंकले आफ्ना ग्राहकहरुलाई प्रिथक र प्रविधिमैत्री सेवाहरु प्रदान गर्दै आएको छ । यसै अनुरुप बैंकले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै विश्वको कुनै पनि ठाउँबाट सन्राइज बैंकमा तुरुन्तै बचत खाता खोल्न सकिने गरी “सन्राइज smart बचत खाता” ल्याएको छ । यस सुविधा अन्तर्गत ग्राहकहरुले अनलाइन मार्फत नयाँ खाता खोली तुरुन्तै खाता नम्बर प्राप्त गर्न सक्नेछन् । उक्त खाता सक्रिय भएपछि ग्राहकहरुले रकम जम्मा गर्न सक्नुका साथै Digital Transaction समेत गर्न सक्नेछन् । उक्त खाताका ग्राहकहरुले मोबाइल बैंकिङ्ग प्रयोग गरी आफैले मुद्घती खाता पनि खोल्न सक्ने बैंकले जनाएको छ । यस सुविधा अन्तर्गत ग्राहकहरुले बैंकको आधिकारीक वेभसाइट  http://onlineservices.sunrisebank.com.np/account/default गति मा गई कुुनै पनि बचत खाता छनोट गरी आफ्नो विवरण भने पेश गर्नुपर्नेछ ।

यसरी अनलाइनबाट खोलिएका “सन्राइज smart बचत खाता” शुन्य मौज्दातमा खोल्न सकिने र उक्त बचत खातामा आकर्षक ब्याज समेत दिने बैंकले जनाएको छ । खाता खोल्न र माथि उल्लेखित कारोबार गर्न ग्राहकहरुलाई बैंक आउन पर्ने जरुरी छैन तर ग्राहकहरुले आफ्नो अनुकुलता अनुसार खाता खोलेको १ वर्ष भित्र भने बैंकमा उपस्थित भइ आफ्नो खाता अद्यावधिक गर्नुपर्नेछ । कोभिडको कारण ग्राहकहरु बैंक आउन र कारोबार गर्न असहज भैरहेको वर्तमान परिप्रेक्षमा सन्राइज बैंकको यस सुविधाले देश र विदेशमा रहेका नेपालीहरुले सजिलै खाता खोल्न सक्ने र मोबाइल बैंकिङ्ग मार्फत नेपालमा बत्ति, पानी, इन्टरनेट, विद्यालय शुल्क आदिको सजिलै भुक्तानी गर्न सक्ने बैंकको विश्वास छ । बिस्तृृत जानकारीको लागी Toll Free no. 1660 0122 444मा सम्र्पक गर्न सकिने बंैकले जनाएको छ ।