राजनीति

डा शेखरको प्रमुख आतिथ्यमा सुनसरी काँग्रेस सम्पर्क समितिको बृहत रक्तदान शनिबार, रक्तदान गर्न आह्वान

११ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् प्रभावशाली नेता डा शेखर कोईरालाको प्रमुख अतिथ्यमा नेपाली काँग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिको आयोजनामा बृहत रक्तदान कार्यक्रमको आयोजना हुने भएको छ ।
कोरोना भाईरसको महामारीका कारण रगतको अभाव भई कोही पनि मानिसले अकालमा ज्यान गुमाउनु नपरोस भन्ने हेतुले रक्तदान कार्यक्रमको आयोजना गरिएको सम्पर्क समितिका सभापति बाबुराम आचार्यले बताए । समतिले उक्त कार्यक्रममा कोरोना भाईरस सम्बन्धी जनचेतना जगाउने तथा दशैं तिहार छठको चियापान कार्यक्रमसमेत रहने जनाईएको छ ।
नयाँबानेश्वर चौक पीपल बोटमा गरिने कार्यक्रममा काठमाडौ जिल्ला नेपाली काँग्रेस सभापति सबुजकृष्ण बानियाँ, तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेत, नेपाल बिद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, प्रदेश साँसद दिपेन्द्र श्रेष्ठ, राजेन्द्र गुरुगं, युवा नेता सुरजचन्द्र लामिछाने, वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसीलगायतको उपस्थिति रहने आयोजकले जानकारी दिएको छ ।
रेडक्रससँगको सहकार्यमा हुने रक्तदान कार्यक्रममा रक्तदान गर्न आयोजक काँग्रेस समितिले सार्बजनिक रुपमा आह्वान गरेको छ । समितिले कोरोना माहामारीको चपेटाका कारण संक्रमण भएका सुनसरीबासीलाई काठमाडौंमा हर्लिक्स, च्यावनप्रासलगायतका मनोवल बढ्ने सामाग्री सहयोग गरिरहेको छ भने माक्स, स्यानिटाईजर, लगायतका स्वास्थ्य सामाग्री सहयोग गरिरहेको छ ।कार्यक्रम कोरोना माहामारीका कारण सामाजिक दुरी कायम गरी आयोजना सबै किशिमका स्वास्थ्य मापदण्ड कायम गरी गरिने आयोजकले बताएको छ । रक्तदान कार्यक्रम २०७७ साल मंसिर १३ गते शनिबार नयाँबानेश्वर चौक पीपलबोट चौकमा बिहान ९.३० बजेदेखी दिउँसो २.३० बजेसम्म हुने बताईएको छ । रक्तदान कार्यक्रमको सहआयोजक सुर्यखबर डट् कम् रहेको छ ।