आर्थिक

बजार खुलेको १० मिनेटमै नेप्से ४० अंकले बढ्योः १९ सय नाघ्यो

११ मंसिर, काठमाडौं । नेप्सेले आज ऐतिहासिक रेकर्ड तोडेको छ । बजार खुलेको १० मिनेटमै आज नेप्से सूचक करिब ४० अंकले बढेको छ । प्रि–ओपनिङ सेसनमै करिब २० अंकले बढेको नेप्से बजार खुलेको १ मिनेटमै २९ अंकले बृद्धि भएको थियो ।

नेप्से सूचक १९०३.९२ अंकमा पुगेको छ । न्युन ब्याजदर र पोजेटिभ सेन्टिमेन्टले गर्दा बजारमा उत्साह देखियो भने बजार अहिले सम्मकै उच्च बिन्दुमा पुगेको छ ।

आज बिमा लगायतको समुह पनि तेजि देखिएको छ । नेप्से करिब २० अंकले बढ्दा अल टाईम हाई पुग्यो । पछिल्लो केहिदिन यता नेप्सेमा सकारात्मक सुधार देखीएको छ ।