राजनीति

अन्तर्राष्ट्रिय जगतलेसमेत भ्रष्टाचरी सरकार भनेपछि ओलीले राजीनामा दिनुपर्छः डा भट्टराई

११ मंसिर, काठमाडौं । जनता समाजबादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने विचार व्यक्त गरेका छन् ।
पुर्वप्रधानमन्त्रीसमेत रहेका डा भट्टराईले ट्रान्पारेन्सी इन्टरनेशनलले नेपालका प्रधानमन्त्री भ्रष्टाचार गर्नेलाई आफैं संरक्षण गर्छन भन्ने बिबषयलाई जोड्दै नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आफ्नो पद त्याग्नुपर्ने बताएका हुन् ।
उनले राजीनामा दिएरमात्र नभएर भ्रष्टाचारीलाई संरक्षण गरेकोमा प्रयश्चित गर्नु पनि उपर्युक्त हुने सल्लाह दिएका छन् । डा भट्टराईले भ्रष्टाचार रोक्न शासकीय स्वरूप, निर्वाचन प्रणाली, जनलोकपाल, आर्थिक विकास जस्ता चार महत्वपूर्ण कुरामा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
डा भट्टराईको ट्वीटः प्रम@kpsharmaoliमा नैतिकता छ भने आफ्नै देशका जनता र अन्तर्राष्ट्रिय जगत समेतको भ्रष्टाचारसम्बन्धी यी संगीन आरोपलाई ध्यान दिंदै पदत्याग गर्नु र प्रायश्चित गर्नु उपयुक्त हुन्छ।अनि यी संरचनात्मक सुधार नगरी भ्रष्टाचार रोकिन्न हैस्१शासकीय स्वरूप२निर्वाचन प्रणाली३जनलोकपाल४आर्थिक विकास।