पु.समाचार

अदालते सुनायो आफ्नै छोरी बलात्कार गर्ने बाबुलाई ३७ वर्ष कैद !

११ मंसिर, काठमाडौं । आफ्नै छोरी बलात्कार गरेको आरोपमा एक बाबुलाई ३७ वर्षको कैद सुनाईएको छ । आफ्नी १४ वर्षकी छोरीलाई पटक–पटक बलात्कार गर्ने बाबुलाई मकवानपुर जिल्ला अदालतले ३७ वर्षको कैदको फैसला सुनाएको हाे ।

मंगलबार न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजलासले १४ वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको ठहर गर्दै ४२ वर्षीय बाबुलाई जबर्जस्ती करणीतर्फ १२ वर्ष र हाडनाता करणीतर्फ जन्मकैदको सजाय सुनाएको हो  ।

नयाँ ऐनअनुसार जन्मकैद २५ वर्ष तोकिएको छ । श्रीमतीले आत्महत्या गरेपछि ति बाबुले छोरीलाई २०७३ सालदेखी छोरीलाई बलात्कार गर्दै आएको छिमेकिले थाहा पाएपछि प्रहरीलाई गबर गरेको बताएका छन् । बलात्कारी बाबुलाई प्रहरीले गत चैत ३० मा उनलाई पक्राउ गरेको थियो ।