राजनीति

प्रधानमन्त्रीको आस्वासनः ‘अब कसैले पनि अनाथ भएँ भन्नुपर्दैन सरकार छ !

११ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कसैले पनि अब कसैले अनाथ भएँ भन्नुनपर्ने बताएका छन् । हरेक नागरिकको लागि सरकार रहेको भन्दै ‘अब कसैले अनाथ भएँ भन्नुनपर्ने आस्वासन दिएका छन् ।

सामाजिक सुरक्षा दिवश २०७७ को अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारले कसैलाईपनि एक्लो र असाहय नछाड्ने बताएका छन् । प्रधानमन्त्री ओलीले सरकार साथमा छ भन्ने महशुस गरेर एक्लो महशुस नगर्न सम्पुर्ण नागरिकलाई आगैह गरेका छन् ।

उनले वर्तमान सरकार जनताको सरकार, सामाजिक न्याय र समानतासहित समृद्धिको यात्रामा हिडेको सरकार, सुशासन र विकासको अभियानमा लम्किरहेको सरकार, देश र जनताप्रति निष्ठा र प्रतिवद्धता भएको सरकार भएको भन्दै यो सरकारले कसैलाई पनि एक्लो र असहाय नछाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले यस दिनको अवसरमा कसैलाई पनि एक्लो महशुस नगर्न र सरकार साथमा छ भन्ने विश्वास लिएर अगाडि बढ्न सबैमा आग्रह गरेका छन् ।