राजनीति

बिशाल जुलुसमा राजाबादीले भने, ‘संघीयता खारेज गर, राजतन्त्र/हिन्दू राज्य पुनःस्थापन गर’

१० मंसिर, पोखरा । राजाबादीहरुले आज पोखरामा राजा आउ देश बचाउ भन्दै पोखरामा बिशाल र्याली र जुलुश निकालेका छन् । रुपन्देही, कैलाली र नेपालगञ्जमा बिशाल र्याली निकालेका राजाबादीहरुले आज कास्कीमा बिबशाल र्याली निकालेका छन् ।
र्यालीमा मोटरसाईलसमेत निकालिएको थियो । प्रदर्शन गर्नेहरुले राजा आउ देश बचाउ, गणतन्त्र मुर्दाबाद, हिन्दु राज्य कायम गर, राजतन्त्र पुनःस्थापना गर जस्ता नारा लगाएका थिए ।
राजतन्त्रको पक्षमा अँएको जुलुस ब्यवस्थापन गर्न पोखराको ट्राफिक प्रहरीलाई हम्मे हम्मे परेको थियो । जुलुशमा भ्रष्ट दलाल मुर्दाबाद र संघीयता खारेज गर जस्त नारासमेत लगाईएका थिए ।