पु.समाचार

कोरोनाका कारण एकैदिनमा २८ को निधन, २४ घण्टामा थपीए १९ सय ४८ संक्रमित

१० मंसिर, काठमाडौं । पछिल्लो १४ घण्टामा २८ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । स्वास्थ्य तजा जनसंख्या मन्त्रालयका अनुसार यसै समयमा कोरोना निको भई ३१ सय ४० जना डिस्चार्ज भई घर फर्किएका छन् । आजबाट कोरोनाबाट नेपालमा निधन हुनेको संख्या १३ सय ८९ पुगेको छ । सकृय संक्रमित १६ हजार ६३९ रहेका छन् । देशभर अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या दुई लाख २६ हजार २६ पुगेको छ भने निको हुनेको अहिलेसम्मको संख्या दुई लाख ७ हजार ९९८ जना पुगेको छ । आज कोरोना संक्रमित काठमाडौं उपत्यकामा उपत्यकामा ८३५सहित १९ सय ४८ जना छन् ।