राजनीति

संसदको गरिमालाई बचाउन अबिलम्ब संसद बैठक बोलाउन आनाकानी नगर्न डा संग्रौलाको माग

१० मंसिर, काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एबम् साँसद डा डिला संग्रौलाले तत्काल संसद अधिवेशन बोलाउन आग्रह गरेकी छन् । उनले निरंकुशताको शैलीले हैन की संविधान र लोकतान्त्रिक पद्धतिको मान्यतामा दृढ भै संसदबाट कुनैपनि समस्याको हल खोजियोस, संसद अधिबेशन बोलाउन आनाकानी नगरियोस् भन्दै उक्त अधिवेशन बोलाउन माग गरेकी हुन् ।
डा संग्रौलाले सुर्यखबरसँग कोरोना भाइरसको महामारीले श्रृजित समस्या, कुशासनद्वारा आक्रान्त आम नागरिकको आवाजलाई जनप्रतिनिधिहरुले संसदमा बुलन्द गरि घच्घच्याइ सचेत गराउने कार्यलाई प्रतिबन्ध गरि नागरिकता देखि कर्मचारीसम्मका थुप्रै महत्वपूर्ण बिधेयकहरुलाइ थाती राख्न बाध्य पारिएको बताईन् ।
नेकपा पार्टी र सरकारको आपसी अन्तरकलह, किचलो र बैमनस्यताले गत बैशाख २६ गते प्रारम्भ भएको संसदको बर्से अधिबेशन २ महिना नपुग्दै हठातरुपले १८ असारमा जनप्रतिनिधिमूलक सर्बोच्च संस्था संसदको अन्त्यगरी सरकार स्वच्छचारी रुपले जनताप्रति जबाफदेही नभई लोकतान्त्रिक प्रक्रियालाई कुल्चिइ निरंकुशताको बाटोमा अग्रसर हुन पुगेको उनको ठहर छ ।