प्रदेश 2

बारा उद्योग वाणिज्य सङ्घ अध्यक्षमा साह

१० मङ्सिर, कलैया । बारा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा राजकुमार साह सर्वसहमत चयन भएका छन् । कलैयामा पत्रकार सम्मेलन गरी निर्वाचन व्यवस्थापक एवं कार्यक्रम अधिकृत अमितकुमार मिश्रले साहलाई अध्यक्ष घोषणा गरिएको जानकारी दिए ।

बीसौँ वार्षिक साधारणसभा तथा १३ औँ अधिवेशन आगामी मङ्सिर २७ गते अरु पदको लागि निर्वाचन हुने भए पनि सहमतिको पहल भने जारी रहेको अधिकृत मिश्रले जानकारी दिए । निर्वाचनका लागि सङ्घले तीन सदस्यीय निर्वाचन समितिसमेत गठन गरेको छ । समितिको संयोजकमा अधिवक्ता परमहंस केसरी सदस्यमा अधिक्ता नागेन्द्र यादव र प्रभात दाहाल छन् ।