समाचार

आज पनि घट्यो सुनको मुल्यः तोलाको पुग्यो ९१ हजार ५ सय

१० मंसिर, काठमाडौं । सुनको मुल्य आजपनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य १ हजार रुपैयाँ घटेको हो । बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको हो । 

मंगलबार छापावाल सुन तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । बुधबार भने घटेर ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार पनि सोमबारको तुलनामा सुनको मूल्य १८ सय घटेको थियो । यस्तै तेजावी सुन तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच बुधबार चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको महासंघले जनाएको छ । मंगलबार ११ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा ११ सय ७५ रुपैयाँमा कारोबार भएको हो ।