लुम्बिनी

दाङ र नवलपुरमा गरेर थप दुई कोरोना संक्रमितको मृत्यु

१० मंसिर, दाङ । दाङ र नवलपुरमा गरेर थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण दाङमा एक ७७ वषर्की बृद्धा र नवलपुरका ६० वर्षे पुरुषको मृत्यु भएको छ । दाङको तुलसिपुर उपमहानगरपालीका ६ की बृद्धाको संक्रमणका कारण गएराति सवा ११ बजे नेपालगंज मेडिकल कलेज कोहलपुर अस्पतालमा मृत्यु भएको पुष्टि भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि मंसिर ५ गते अस्पताल भर्ना भएकी उनमा ६ गते कोरोना पुष्टि भएको थियो । उनिसंगै बाँकेमा बाहिरी जिल्लाबाट आएका ४९ जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ ।

यस्तै नवलपुर जिल्ला गैंडाकोटका ६० वर्षका संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत गैंडाकोट नगरपालीका ८ का ६० वर्षका पुरुषको आज बिहान साढे ३ बजे मृत्यु भएको अस्पतालका प्रेस संयोजक डा.किशोर अधिकारीले जानकारी दिएका छन् ।

मंसिर १ गते गरिएको स्वाब परिक्षणमा २ गते उनलाई कोरोना पुष्टि भएको थियो । मृतक पुरुष कार्तिक २९ गते सवारी दुर्घटनामा परेपछि अस्पताल भर्ना भएका थिए ।