राजनीति

ट्रान्परेन्सी इन्टरनेशनलले ओली सरकारका पालामा भ्रष्टाचार बढ्यो भनेको सही होः नेता गुरुगं

१० मंसिर, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुगंले ट्रान्परेन्सी इन्टरनेशनलको ग्लोबल करप्सन ब्यारोमिटर एसियाले नेकपा अध्यक्ष केपी शर्मा ओली सरकारको समयमा ५८ प्रतिशत भ्रष्टाचार बढ्यो भनि लगाएको आरोप सही भएको बताएका छन् ।
उनले ट्वीट गर्दै भ्रष्टाचारका दर्जनौं काण्ड र नेकपाकै अध्यक्ष प्रचण्डको प्रस्तावमा पनि प्रधानमन्त्री आलीले भ्रष्टाचारीको पक्षपोषण गरेको जिकिर गरेको अबस्थामा यो प्रतिवेदन स्वभाविक नै लाग्यो भनेका छन् । नेता गुरुगंले ट्रान्परेन्सी इन्टरनेशनलको ग्लोबल करप्सन ब्यारोमिटर एसियाले नेपालमा ५८ प्रतिशत भ्रष्टाचार बढेको प्रतिवेदन सार्बजनिक गरे बिषयमा टिप्पणी गर्दै उक्त कुरा बताएका हुन् । गुरुगंले नेकपाकै अध्यक्षसमेत रहेका पुर्व प्रधानमन्त्री पुष्पकमल दहालले सरकारलाई लगाएको भ्रष्टाचार बढेको आरोपलाईसमेत जोड्दै यसलाई समर्थन गरेका हुन् ।
नेता गुरुगंको ट्वीटः ट्रान्परेन्सी इन्टरनेशनलको ग्लोबल करप्सन ब्यारोमिटर एसियाले नेपालमा ५८ प्रतिशत भ्रष्टाचार बढेको प्रतिवेदन सार्बजनिक गरेछ। भ्रष्टाचारका दर्जनौं काण्ड र नेकपाकै अध्यक्ष प्रचण्डको प्रस्तावमा पनि प्रधानमन्त्री आलीले भ्रष्टाचारीको पक्षपोषण गरेको जिकिर गरेको अबस्थामा यो प्रतिवेदन स्वभाविक नै लाग्यो।