पु.समाचार

बर्दिबास प्रदर्शनमा प्रहरीको गोली लागेका बुद्धिराज न्यौपानेको मृत्यु

१० मंसिर, काठमाडौं । महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराज न्यौपाने ‘संजय’को मृत्यु भएको छ ।

६ वर्षीया बालिका गुलबसा खातुनको हत्याको विरोधमा स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर घाइते भएका श्याम कार्कीको भने उपचार भइरहेको छ । 

हेलिकप्टरबाट काठमाडौँ ल्याइएका न्यौपानेको उपचारको क्रममा ग्रान्डी अस्पतालमा मृत्यु भएको हो ।

उपचारको क्रममा गएराति १२ बजेर ४ मिनेटमा बुद्धिराजको मृत्यु भएको ग्रान्डी अस्पतालमा जेनेरल मेनेजर विकासमान सिंहले बताएका छन् ।

बर्दिबास नगरापालिका–१ घर भएका ४२ वर्षीय न्यौपानेको कम्मरममुनी गोली लागेको थियो ।