पु.समाचार

लुम्बिनी मेडिकल कलेजमा एक कोरोना संकमितको मृत्यु

१० मंसिर, काठमाडौं । कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचारका क्रममा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको  हाे  ।

रामपुर नगरपालिका–१० का ८४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि उनलाई लुम्बिनी मेडिकल कलेज, प्रभास ल्याइएको थियो ।

पाल्पामा एक हजार ४ सय ८४ जना कोरोना संक्रमित पुगेका छन् । एक हजार २ सय ३७ जना निको भएर घर फर्किएका छन् । जिल्लामा २ सय २६ जना सक्रिय संक्रमित छन् ।