राजनीति

नेकपा फुटको संघारमा छ, अहिलेसम्मकै कठीन मोडमा छः अर्थमन्त्री पौडेल

९ मंसिर, बुटबल । नेकपाका महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेलले नेकपामा पछिल्लो समय आफूले सोच्दै नसोचेको गलत विकास भएको बताएका छन । गृहनतर रुपन्देहीमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पार्टीकोको संकटलाई बचाउन अन्तिमसम्म आफूहरुले प्रयास गर्ने बताएका छन् ।
उनले नेकपामा कतिपय मर्यादा उलंघनका घटनाहरु भएका र ती उलंघनका घटनालाई सही बाटोमा फकाउने प्रयासमा आफू सधैं लागिरहेको दाबी गरे । उनले बुटबललाई राजधानी बनाउनुपर्ने बिषय टुंगिईसकेको भन्दै अब त्यसका पछि लाग्न नहुने विचार ब्यक्त गरेका थिए । अर्थमन्त्री पौडेलले नेकपा अहिलेसम्मकै कठिन मोडमा पुगेको सत्य भएको बताउँदै पार्टी एकीकरणदेखी नै समस्य भएपनि अहिलेका समस्या धेरै नै जटिल भएको बताए । उनको भनाईले नेकपा फुटको संघारमा छ र उक्त फुटबाट बचाउन आफू सधैं सकृय रहेको बताएको थियो ।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दहालबीच पानी बाराबारको अवस्था भएर वडास्तरसम्म समूहबारे छलफल भएका बेला प्रेश संगठन नेपालको उक्त कार्यक्रममा मन्त्री पौडेलले उक्र भनाई राखेका हुन् ।