लुम्बिनी

दर्जनौं युवा प्रवेश गराएपछि कोहलपुर राप्रपालाई अध्यक्ष थापाले दिए बधाई !

९ मंसिर, कोहलपुर । कोहलपुरमा दर्जनौं युवाहरु राप्रपा प्रवेश गरेका छन् । राप्रपाका नेतासमेत रहेका मेयर धवलसम्शेर राणाले टीका लगाएर युवाहरुलाई राप्रपा प्रवेश गराएका थिए । यससंगसंगै राप्रपाले युवा तथा ट्रेड युनियन नगर कमिटी गठन गरेको बताएको छ । पार्टी प्रवेश संगै सबै मिली राप्रपालाई लुकको बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति निर्माण गर्न बल पुग्दै गएको नेताहरुले बताएका छन् ।
केन्द्रीय अध्यक्ष कमल थापाले राप्रपामा दर्जनौं युवा प्रवेश गराएपछि भनेका छन्, ‘स्याबास’ राप्रपा बांके
नप्रवेशी साथीहरुलाई हार्दिक स्वागत।
राप्रपालाई देशको अग्रणी शक्ति बनाउने अभियानमा लागौं ’