कर्णाली प्रदेश

बिश्व हिन्दु महासंघको कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी ऋषिकेश जंग शाहलाई

९ मंसिर, काठमाडौं। बिश्व हिन्दु महासंघको कर्णाली प्रदेश प्रमुख ऋषिकेश जंग शाह मनोनीत भएका छन। महासंघका अध्यक्ष डाक्टर रामचन्द्र अधिकारीले आज केन्द्रिय कार्यलयमा एउटा कार्यक्रमको आयोजना गरेर शाहलाई कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी दिएका हुन। कर्णाली प्रदेश प्रमुखमा मनोनीत भएका शाहलाई बिश्व हिन्दु युवा संघको केन्द्रिय अध्यक्षको समेत जिम्मेवारी छ।
उनले बिश्व हिन्दु युवा संघको अध्यक्षका हैसियतले देशभर संगठन निर्माण तथा धार्मिक जागरणको कार्यक्रम गर्दै आएका थिए। शाह नेपालमा पुर्वीय दर्शनको नीति लागु हुनु पर्ने र नेपाललाई हिन्दु राष्ट्र बनाउनु पर्ने अभियानमा निरन्तर लागि रहेका छन। बिश्व हिन्दु युवा संघको जिम्मेवारी पाएको केहि महिनामै संगठनलाई देशभर बिस्तार गरेर शाहले यसलाई बलियो धार्मिक संगठन बनाउन महत्त्वपूर्ण भुमिका समेत खेल्दै आएका छन्।