राजनीति

डा संग्रौलाको आक्रोशः किसानको हित भन्दा आफ्नो सत्ता नै प्यारो हो ओली सरकारका लागि?

९ मंसिर, काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एबम् साासद डा डिला संग्रौलाले सरकारले तोकेको धानको समर्थन मुल्य भन्दा कम मुल्यमा धान बेच्न किसान किन बाध्य हुनुपरेको ? खोइ अनुगमन ? किसानको हित भन्दा आफ्नो सत्ता नै प्यारो हो यो सरकारको लागि ? भन्दै नेकपा नेतृत्वको केपी शर्मँ ओली सरकारलाई प्रश्नै प्रश्न तेस्र्याएकी छन् ।
उनले सुर्यखबरसंग ओली सरकारमाथी आक्रोस पोख्दै भनिन्, ‘सरकारले किसानलाई राहत र सुबिधा दिन सकेन नै।गत बर्सायाममा धानबाली लगाउदै देखि रासायनिक मल बाङ्गलादेशबाट कहिले पैचो,कहिले जिटुजी एबम प्रतिस्पर्धाको प्रक्रियाको नाटक गर्दै ५० हजार टन बराबरको मल अन्ततः हिउँद जानलाग्दा पनि नल्याउने नै भो यो नमार्द सरकारले । चर्को ब्याजदरमा ऋणलिइ किसानले उत्पादन गरेको फलफूल र तरकारीको बजार ब्यबस्थापनसम्म नगरी बारीमै सडेर फाल्नुपर्ने स्थितिआउँदा पनि सरकार किन बेखवर ?’
डा संग्रौलाले नेकपा अध्यक्ष ओली नेतृत्वको सरकारले मुलुक र जनताको चिन्ता भन्दा आफ्नो पद टिकाउनमात्र सरकार ब्यस्त भएको आरोप लगाईन् । उनले ओली सरकार भ्रष्टाचारमा चुर्लुम्ब डुबेको भन्दै जनतासँग मुखै देखाउन नमिल्नेगरी लाज हुँदा पनि बेसरम भएर अझै पानी जहाज र रेलका कुरा गर्न नछाडेको टिप्पणी गरिन् ।
डा संग्रौला भन्छिन्, ‘सरकारले किसानलाई राहत र सुबिधा दिन सकेन नै।गत बर्सायाममा धानबाली लगाउदै देखि रासायनिक मल बाङ्गलादेशबाट कहिले पैचो,कहिले जिटुजी एबम प्रतिस्पर्धाको प्रक्रियाको नाटक गर्दै ५० हजार टन बराबरको मल अन्ततः हिउँद जानलाग्दा पनि नल्याउने नै भो यो नमार्द सरकारले । चर्को ब्याजदरमा ऋणलिइ किसानले उत्पादन गरेको फलफूल र तरकारीको बजार ब्यबस्थापनसम्म नगरी बारीमै सडेर फाल्नुपर्ने स्थितिआउँदा पनि सरकार किन बेखवर ? सरकारले तोकेको धानको समर्थन मुल्य भन्दा कम मुल्यमा धान बेच्न किसान किन बाध्य हुनुपरेको ? खोइ अनुगमन ? किसानको हित भन्दा आफ्नो सत्ता नै प्यारो हो यो सरकारको लागि ?’