पु.समाचार

कोरोना संक्रमणका कारण चितवनमा थप एक जनाको मृत्यु

९ मंसिर, चितवन । कोरोना संक्रमणका कारण चितवनमा थप एक जनाको मृत्यु भएको छ । चितवनको रत्ननगर नगरपालिका–१० का ५२ वर्षीय पुरुषको भरतपुर अस्पतालमा उपचाका क्रममा मृत्यु भएको हो ।

मंसिर ४ गते ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्ना भएका पुरुषको आज मंगलबार विहान मृत्यु भएको हो ।

मंसिर ७ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरूषको स्वास्थ्य अवस्था जटिल भएपछि सोमबार उनलाई कोभिड आइसियूमा राखेर उपचार गरिएको थियो । यो संगै चितवनमा हालसम्म कोरोना संक्रमणबाट हालसम्म ८७ जनाको मृत्यु भएको छ ।