राजनीति

कुनै हालतमा प्रस्ताव फिर्ता लिन्नः अध्यक्ष दहाल, अल्पमतमा परेका ओलीका दुबै पद जानसक्ने

९ मंसिर, काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दहालले आफूले राखेको प्रस्ताव कुनैपनि हालतमा फिर्ता नलिने बताएका छन् । नेकपा नेताहरु हरिबोल गजुरेल र टोपबहादुर रायमाझीसंगको सोमबारको भेटमा उक्त कुरा बताएको समाचार छ ।
कात्तिक अन्तिम सातादेखी चल्दै आएको नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दहालबीचको द्वन्द्व चरमचुलीमा पुगेका बेला अध्यक्ष दहालले आफूले नेकपाभित्र भएका सबै कुराहरुको बिबबरण प्रस्तावमा राखेको र उक्त प्रस्तावबाट आफू एक इन्चपनि पछि नहट्ने बताएका छन् ।
अध्यक्ष दहालले आफूले राखेको प्रस्तावबाट नेकपा फुट्ने भन्ने कुरा गलत भएको भन्दै प्रधानमन्त्री ओलीले पनि १३ गतेको सचिवालय बैठकमा आफूले प्रस्ताव ल्याँउछु भनेको र उक्त प्रस्तावसहित दुई प्रस्तावबिचमा छलफल भएर नयाँ निष्कर्ष निकाल्न सकिने बताएका छन् ।
अध्यक्ष दहाललाई अध्यक्ष ओली समूहका नेता कार्यकर्ताले प्रस्ताव फिर्ता लिन दबाब दिईरहेका बेला अध्यक्ष दहालले प्रस्ताव फिर्ता लिन्न भन्नुले नेकपाभित्र झनै कडा रुपमा समूहगत ध्रबिकरण भएको देखिएको छ । अध्यक्ष दहालले गजुरेलसँग भनेका छन्, ‘‘पार्टी एकता मेरो तर्फबाट टुट्दैन। कुनै पनि सर्तमा पार्टी फुट्न दिन्नँ। यसमा म सकारात्मक छु। लचिलो पनि छु। तापनि हाम्रा समस्या छलफल गरेर हल गर्नुपर्छ। कमजोरी ज–जसका छन्, आत्मबोध गरेर त्यसलाई करेक्सन गरेर जानुपर्छ।’
नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक राख्न नमानेपनि सचिवालयका बहुमत सदस्यको दबाबका कारण १३ गते सचिवालय बैठक राखेका छन् भने १८ र २५ गते क्रमशः स्थायी समिति र केन्द्रीय समिति बैठक समेत राख्न बाध्य बनेका छन् । आउँदा बैठकमा अध्यक्ष ओली अल्पमतमा पर्ने र अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन बाध्य हुने राजनीतिक बिष्लेशकहरुले दाबी गरेका छन् । चिनियाँ राजदूत यांछीले नेकपा बिबाद मिलाउन भूमिका खेलेकै बेला केहीदिनमा नै चिनिया उच्च अधिकारीको नेपाल भ्रमणसमेत तय भएको छ उक्त भ्रमणलेसमेत नेकपाको बिबाद मिलाउन थप भूमिका खेल्नेसमेत अनुमान गरिएको छ ।