राजनीति

डा भट्टराईको आह्वानः कुनैपनि वहानामा ओलीलाई कॉध थाप्ने गल्ती नगरौं

८ मंसिर, काठमाडौं । जनता समाजबादीका अध्यक्ष डा बाबुराम भट्टराईले आज देशको मुख्य मुद्दा व्यक्ति ओली हैन, ओली प्रवृत्ति हो भन्दै आक्रोश पोखेका छन् । उनले व्यक्तिको रूपमा मलाई पनि ओली धेरै मनपर्ने मान्छे हुन् तर ओली प्रवृत्ति यतिवेला प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक हो भनेका छन् । सामाजिक सञ्जालमा ट्वीट गर्दै पुर्व प्रधानमन्त्रीसमेत रहेका डा भट्टराईले आह्वान गर्दै भनेका छन्, ‘अग्रगमनको मुख्य वाधक हो। यो एउटा पार्टीको मुद्दा मात्र हैन। कुनैपनि वहानामा यसलाई कॉध थाप्ने गल्ती नगरौं !’
डा भट्टराईले ट्वीटमा भनेका छन्, ‘आज देशको मुख्य मुद्दा व्यक्ति ओली हैन, ओली प्रवृत्ति हो। व्यक्तिको रूपमा मलाई पनि ओली धेरै मनपर्ने मान्छे हुन्। तर ओली प्रवृत्ति यतिवेला प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक हो। अग्रगमनको मुख्य वाधक हो। यो एउटा पार्टीको मुद्दा मात्र हैन। कुनैपनि वहानामा यसलाई कॉध थाप्ने गल्ती नगरौं !’