समाचार

चितवनमा बादल समुहको सक्रियता पार्टी एकताको रक्षा माग राख्दै मोटरसाईकल र्याली

८ मङ्सिर, काठमाडौँ । चितवन चितवनमा बादल समुहका युवाहरुले एकताको नेकपा पार्टी एकताको रक्षा माग राख्दै ज्ञापनपत्र बुझाएका छन् । सामाजिक सेवामा सक्रियमा युवाहरुले नेकपा पार्टी एकताको रक्षा माग राख्दै ज्ञापनपत्र बुझाएका छन् ।
नेकपा पार्टी एकताको रक्षा गरौँ, गुटवन्दीको अन्त्य गरौँ, जनताको भावना माथि खेलवाड नगरौँ भन्ने नारासहित युवाहरुले नेतृत्व गरेको सन्देश फाउन्डेशन नामक सामाजिक संस्थाको अगुवाईमा नेकपा भरतपुर महानगर कमिटिलाई ज्ञापनपत्र बुझाएका हुन् । यसअघि पूर्वी चितवनमा भने ओली निकटका युवाहरुले पार्टीका स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि नाराबाजीजस्ता अभद्र क्रियाकलाप गरेका थिए । जसको केहि दिनमा नयाँ शैलीले एकताको पक्षमा बादल समुहका युवाहरुले एकताकै पक्षमा नयाँ सन्देश दिएका छन् ।
े नेता सुरेन्द्र पाण्डेको कार्यक्रममा होहल्ला गर्दै नाराबाजी गरेको अवस्थामा बादल समुहका युवाहरुले भने शान्तीपूर्ण आफ्ना नेताहरु मर्यादाको उच्च ख्याल गर्दै एकताको पक्षमा मोटरसाईकल र्यालीसहित एकताको पक्षमा आवाज उठाएका हुन् । गृहमन्त्री रामबहादुर थापा बादल निकट मानिने युवा समुहले गरेको यो कार्य चौतर्फी प्रशंसा भएको छ ।

संस्थामा आवद्ध रहेका नव जवान युवाहरुको बृहत् मोटरसाईकल र्यालीसहित नेकपा भरतपुर महानगर कमिटिका सचिव ईश्वर सापकोटा समुनलाई फाउन्डेशनका कार्यकारी संयोजक दिवाकरराज श्रेष्ठले ज्ञापनपत्र बुझाएका थिए ।
फाउन्डेशनको कार्यालय वेलचोकदेखि कृष्णपुरमा रहेको नेकपा भरतपुरको पार्टी कार्यालय परिसरमा पुगी ज्ञापनपत्रसहित युवाहरुलाई राजनितिक रुपमा गोलबद्ध गर्न र्याली समेत आयोजना गरेको फाउन्डेशनका संयोजक दिवाकरराज श्रेष्ठले जानकारी दिए । ज्ञापनपत्र बुझदै नेकपा भरतपुरका सचिव ईश्वर सापकोटा सुमन पार्टी कुनै पनि हालत नफुट्ने भन्दै अहिले नेकपामा विधि र पद्धतीका लागि बहस भएको बताए । उनले युवाहरुले सधै सकारात्मक र सन्देश दिन काम गर्न जागरुप हुनुपर्ने उनको भनाई थियो ।

यस्तै उनले पार्टी एकताको पक्षमा युवाहरुले देखाएको चासो प्रति कृतज्ञता समेत व्यक्त गरेका थिए । साथै ज्ञापनपत्रमा युवाहरुलाई लागुऔषधजन्य कलतहरुबाट जोगाउनको निमत्ती सन्देश फाउन्डेशन नेपालले गरेका हरेक लागुऔषध विरुद्धको अभियानमा नेकपा भरतपुर महानगर कमिटि र सिगो पार्टीले थप सक्रियता देखाउन आग्रह पनि गरेको श्रेष्ठले बताए ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा रिकभरिगं नेपालका केन्द्रिय उपाध्यक्ष ध्रुव केसी, गहृमन्त्रालय उच्चस्तरीय लागुऔषध नियन्त्रण समितिका सदस्य गौरवबाबु ढकाल, रिकभरिगं नेपाल वागमती प्रदेशका उपाध्यक्ष किरण घोताने गुरुगं, विष्णु पाण्डे, करुण गुरुगं, रवीन श्रेष्ठ, दिपक पाण्डे लगायतको विशेष सहभागीता थियो ।