आर्थिक

प्रभु बैंकले ग्राहकहरुको लागि ल्यायाे eKYC सेवा

८ मङ्सिर, काठमाडौँ । प्रभु बैंक लिमिटेडले आफ्नाग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै eKYC सेवा सञ्चालनमा ल्याएको छ ।प्रभु बैंक लि. मा खाताखोली कारोबार गरेका सम्पूर्ण ग्राहकहरुले बैंकको वेबसाइट www.prabhubank.com मा Login गरी अनलाइनमार्फत KYC अद्यावधिकगर्ने व्यवस्थामिलाईएको छ जसबाटसो प्रयोजनकालागि अब बैंकसम्म पुगिरहनु पर्ने बाध्यता पुर्णरुपमा हटेको छ ।

प्रभु बैंक लिमिटेडले सञ्चालनमा ल्याएको उक्त सेवा सुरक्षित एवं प्रभावकारी रहेको तथा KYC सम्बन्धी सम्पूर्ण विवरणहरुयथा–समयमै अद्यावधिक गरी खातानियमित सञ्चालन गर्न सहज हुनेछ र यसबाट ग्राहकहरुले आफ्ना समय बचत तथा सदुपयोग गरी अत्याधिक लाभ उठाउनु हुनेछ भन्ने बैंकले पूर्ण विश्वास लिएको छ ।