पु.समाचार

पछिल्लो २४ घण्टामा १६ को निधन, थपिए १९ सय ८० जना संक्रमित

८ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा १६ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । आजबाट कोरोना संक्रमणका कारण हालसम्म १३ सय ३७ जनाको नेपालमा निधन भएको छ । यसै समयमा देशभर १९ सय ८० जना कोरोना पुष्टी भएको छ । यसै समयमा ३ हजार ४३ जनाले कोरोना जितेर घर फर्किका छन् । स्वास्थ्य मन्त्रालयकाअनुसार निको हुनेको संख्या दुई लाख नाघेको छ ।