प्रदेश 1

धरानस्थित बिपिमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

८ मंसिर, काठमाडौं । कोरोना संक्रमणका कारण थप दुई व्यक्तिको मृत्यु भएको छ ।संक्रमणका कारण ईलाम र सुनसरीका दुई व्यक्तिको मृत्यु भएको हो । 

धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ईलामका २५ वर्षे कोरोना संक्रमित युवकको मृत्यु भएको हो ।

फोक्सोसम्बन्धी दिर्घ रोग रहेका उनलाई कार्तिक ५ गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो ।

यस्तै सोहि अस्पतालमा उपचाररत सुनसरीका ६७ वर्षका पुरुषको आज विहान मृत्यु भएको छ । कार्तिक २६ गते कोरोना पुष्टि भई मंसिर १ गते अस्पताल भर्ना भएका पसरुष डाएबीडिजको समस्याबाट पिडीत थिए ।