राजनीति

ओली देउवा बालुवाटार भेटः सरकारको नेतृत्व पाए सरकारमा जाने काँग्रेसको संकेत

७ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटलाई लिएर बिभिन्न अड्कलबाजीहरु भएका छन् । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका सभापति देउवालाई बारम्बार फेन गरेपछि उनी प्रधानमन्त्री निवासतिर भेटका लागि गएको देउवानिकट स्रोतको दाबी छ ।
नेकपा अध्यक्ष ओली र पुष्पकमल दहाल समूहबीचको वार कि पारको बिबादमा पूधानमन्त्रीले षढ्यन्त्रपूर्वक ढंगले सभापति देउवालाई पार्टी फुटाएर भएपनि सरकार संयुक्त रुपमा चलाउन आग्रह गरेको जस्तो देखाएको एकथरी राजनीतिज्ञहरुले लगाएका छन् भने अर्काथरीले लोकसेवा आयोग लगायतका बिभिन्न संबैधानिक निकायमा नियुक्तीका बिषयमा प्रमुख प्रतिपक्षी दलको नेताको हैशियतले सभापति देउवालाई छलफलका लागि निमन्त्रणा गरेको अड्कल गरेका छन् ।
बाहिर आएको हल्लाकाअनुसार नेकपाको मंसिर १३ गते बस्ने भनिएको सचिवालय बैठकमा आफू अल्पमतमा पर्ने निश्चित भएपछि अध्यक्ष दहाल समूहलाई तर्साउन काँग्रेससँग मिलेर पनि सरकार चलाउन सक्छु भनेर देखाउँदै बैठकमा नेताहरुलाई प्रभाबित गर्न खोजेको नेकपा नेताहरुको आँकलन छ । यस्तै तरिकाले आजभन्दा अगाडीको ओली देउवाबीचको भेटमा प्रधानमन्त्री ओलीले काम गरेका थिए । केहीहदसम्म त्यस समयमा आफ्ना समकक्षीहरुलाई तर्साएर शक्ती आफ्ना पोल्टामा पार्न सफल भएका थिए ।
आज पनि सभापति देउवालाई प्रयोग गरेर आफ्नै पार्टीका नेताहरुलाई तसाउन खोजेको हुनसक्ने तर्क बलियो छ । सोझा र बचनका पक्का देउवालाई यसअघि पनि नेकपाकै अध्यक्ष पुष्पकमल दहालले धोका दिएर ओलीसँग साँठगाँठ गरेकाले सभापति देउवाले त्यति सजिलै पत्याउने सम्भावना नरहेको देउवा निकट नेताहरुको बुझाइ छ ।
अध्यक्ष दहाल निकट नेताहरुले भने अब प्रधानमन्त्री ओलीले कुनै पनि कार्ड देखाएर नेकपाका नेताहरुलाई तर्साएर बैठक सार्न वा पार्टीको निर्णय मान्दिन भन्न पाउने छैनन् । सचिवालयका पाँच जना नेताहरु एकै ठाउँमा भएकोले अब कसैले पनि मान्दैनन् । उपाध्यक्ष बामदेब गौतमले सहयोग गर्ने बााहेक प्रधानमन्त्रीसँग कुनैपनि स्थान छैन, बामदेबले पहिलेनै प्रचण्डले बुझाएको प्रस्ताव समूहकै हो भनिसकेका छन्, अध्यक्ष दहाल निकट एक नेताले सुर्यखबरलाई बताए ।
यसैबिच नेपाली काँग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्मा, केनद्रीय सदस्य अर्जुननरसिंह केहसी, धनराज गुरुगंलगायतले काँग्रेसले बर्तमान सरकारसँग सहकार्य गर्न नहुने बताईसकेका छन् भने नेकपाका अध्यक्ष दहालसमूहको बक्तब्य भने देउवा ओली भेटको बिषयलाई लिएर औपचारिक रुपमा बाहिरिएको छैन । ओलीईतर पक्षका नेताहरुले आफ्नो अडान नछाडेका भएपनि तर्सिएको छन् भन्ने राजनीतिक बृतको दाबी छ ।
ओलीले यदि आफुले छाड्नु नै परेमा सरकारको सहकार्यमा आठ मन्त्रालयमात्र होई सभापति देउवालाई प्रधानमन्त्रीमा सघाउनसक्ने आँकलनसमेत समाजिक सञ्जालमा आईरहेको छ । प्रधानमन्त्री नै कुनै समूहले दिएमा भने काँग्रेस सरकारको नेतृत्व गर्न पछाडी नहट्ने दाबबी सभापति देउवा निकटका नेताहरु बताउँछन् । उनीहरुले सरकारको नेतृत्व पाएमा भने उक्त अवशर छाड् नहुने बतउछन् । यानिकी जनताले काँग्रेसलाई प्रतिपक्षमा बस्ने म्याण्डेट दिएको तर्क भने उनीहरुको छ ।
ओलीले नेकपाको अध्यक्ष र प्रधानमन्त्री दुबै छाड्नुपरेमा राष्ट्रपतिसँग साँठगाँठ गरेर ग्राण्ड डिजायन हुनसक्ने तर्क पनि सामाजिक सञ्जालमा बलियो रुपमा उठिरहेको छ । राजनीतिक घटना क्रमको विकास के हुन्छ त्यो भने छिट्टै देख्न पाईने कुरा हो । सरकारको नेतृत्व नपाए काँग्रेस कुनैपनि हालतमा सरकारमा नजाने संकेत देउउवा निकट नेताहरुका पछिल्ला सार्बजनिक अभिब्यक्तीबाट देख्न सकिन्छ । सामान्य अवस्थामा काँग्रेसले सरकारको नेतृत्व गर्ने अवशर पाउने स्थान भने देखिन्न ।सभापति देउवा प्रधानमन्त्रीसँग भेट्न जानुले सरकारको नेतृत्व पाए काँग्रेस सरकारमा जानसके संकेतको रुपमा कतिपय बिश्लेशकले बुझेका छन् ।