राजनीति

काँग्रेसले अब नेपालमा नै काम-माम पाउने नीति/कार्यक्रम अघि बढाउनुपर्छः बरिष्ठ नेता पौडेल

७ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले अपार सम्भावनाका आधारमा नेपालमा नै काम–माम पाउन सक्ने नीति र कार्यक्रम अघि बढाउनुपर्ने विचार व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै आर्थिक नीतिका हिसाबले समृद्धिदरको पछि लाग्नुभन्दा रोजगारीप्रधान अर्थनीति अँगाली आफ्नो दक्ष श्रम शक्ति आफ्नै मुलुकमा फर्काउने, हाम्रा युवावर्ग बिदेसिन नपर्ने अवस्थाको श्रृजना गर्न अत्यन्तै आवश्यक रहेको बताएका छन्। नेपाली काँग्रेसको १४ औं महाधिवेशनको तयारीमा लागेको समयमा सभापतिका मुख्य प्रत्यासीका रुपमा रहेका नेता पौडेलले उक्त विचारलाई नै मुख्य प्रस्ताव बनाउने देखिन्छ । कृषि क्रान्तिका लागि बिभिन्न समयमा आफ्नो बिद्वता प्रश्तुत गरिरहेका नेता पौडेल काँग्रेसमा साधकी जिवन बिताउने नेतामा पर्ने बुद्धिजिवी सर्कलले बताउने गरेका छन् । नेपालमा नै काम र माम पाउनुपर्छ भन्ने नेता पौडेलको भनाई भावनात्मक रुपमा नेपाली जनताको मन जित्ने खाल्को देखिन्छ ।
उनको स्टाटस्: आर्थिक नीतिका हिसाबले समृद्धिदरको पछि लाग्नुभन्दा रोजगारीप्रधान अर्थनीति अँगाली आफ्नो दक्ष श्रम शक्ति आफ्नै मुलुकमा फर्काउने, हाम्रा युवावर्ग बिदेसिन नपर्ने, यहाँका अपार सम्भावनाका आधारमा यहीँ काम–माम पाउन सक्ने नीति र कार्यक्रम अघि बढाउनुपर्छ ।