राजनीति

राजा महेन्द्रकी जीवन संगीनी/बिरेन्द्र/ज्ञानेन्द्रकी जीउँदी आमाको नाम ‘रत्नपार्क’को नाम परिवर्तन भए प्रतिकारः अध्यक्ष थापा

७ मंसिर, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले नेपाल सम्वतका प्रवर्तक शंखधर र पद्मरत्नको शालिक अन्य कुनै स्थानमा स्थापना राख्दै रत्नपार्कको नाम परिवर्तन नगर्न आग्रह गरेका छन् ।
अध्यक्ष थापाले फेसबुकमा लेख्दै रत्नपार्कको नाम कुनैपनि बाहनामा परिवर्तन गर्ने दुष्प्रयास गरे, जवरजस्ती गर्न खोजिए अवरोध गर्न वाध्य हुने चेतावनी दिएका छन् । उनले भनेका छन्, ‘रत्नपार्कको नाम परिवर्तनगर्ने काठमाडौं मनपाको निर्णय गलत छ। श्री ५महेन्द्रको जीवनसंगिनी राजा बिरेन्द्र र ज्ञानेन्द्रकी माता र हाल बृद्ध जीवन विताई रहनुभएकी श्री ५ मुमाबडामहारानी रत्नको ईतिहास मेटाउने कार्य अस्विकार्य छ।निर्णय सच्याईयोस्।जवरजस्ती गर्न खोजिए अवरोध गर्न वाध्य हुनेछौं।’
अध्यक्ष थापाले आग्रह गर्दै भनेका छन्, ‘नेपाल सम्वतका प्रवर्तक शंखधर र पद्मरत्नको शालिक अन्य कुनै स्थानमा स्थापना गरियोस्। भव्य पार्क बनाईयोस्।हाम्रो पुरा सहयोग रहने छ,तर रत्नपार्कको नाम परिवर्तन गर्ने, इतिहास मेटाउने कार्य संकिर्ण र बिकास विरोधी छ।निर्णय पुनर्विचार गरियोस्।द्वन्द निम्त्याउने काम नहोस्।’
अध्यक्ष थापाको प्रस्ताव छ, ‘काठमाण्डौ मनपाको यो कार्यले राष्ट्रिय विभुति शंखधर साख्वको समेत अवमुल्यन भएको छ। राष्ट्रिय विभुति शंखधर साख्व अरु कसैको नाममा बनेर व्यापक प्रचलनमा आइसकेको पार्कलाई नाम फेरेर राखिनु पर्ने पात्र होईनन्। उहॅाको सम्मानको निमत्त पनि यो गलत निर्णय सच्याएर उपयुक्त नयॅा ठॅाउमा पार्क बनाऔॅ ।’ अध्यक्ष थापाले हालैमात्र काठमाडौं महानगरले रत्नपार्कको नाम परिवर्तन गर्न लागेको समाचारको खण्डन गर्दै उही नाम नराखे प्रतिकार गर्ने संकेत गरेका छन् ।
अध्यक्ष थापाको स्टाटस्ः रत्नपार्कको नाम परिवर्तनगर्ने काठमाडौं मनपाको निर्णय गलत छ। श्री ५महेन्द्रको जीवनसंगिनी राजा बिरेन्द्र र ज्ञानेन्द्रकी माता र हाल बृद्ध जीवन विताई रहनुभएकी श्री ५ मुमाबडामहारानी रत्नको ईतिहास मेटाउने कार्य अस्विकार्य छ।निर्णय सच्याईयोस्। जवरजस्ती गर्न खोजिए अवरोध गर्न वाध्य हुनेछौं।
नेपाल सम्वतका प्रवर्तक शंखधर र पद्मरत्नको शालिक अन्य कुनै स्थानमा स्थापना गरियोस्। भव्य पार्क बनाईयोस्। हाम्रो पुरा सहयोग रहने छ, तर रत्नपार्कको नाम परिवर्तन गर्ने, इतिहास मेटाउने कार्य संकिर्ण र बिकास विरोधी छ। निर्णय पुनर्विचार गरियोस्।द्वन्द निम्त्याउने काम नहोस्।
काठमाण्डौ मनपाको यो कार्यले राष्ट्रिय विभुति शंखधर साख्वको समेत अवमुल्यन भएको छ। राष्ट्रिय विभुति शंखधर साख्व अरु कसैको नाममा बनेर व्यापक प्रचलनमा आइसकेको पार्कलाई नाम फेरेर राखिनु पर्ने पात्र होईनन्। उहॅाको सम्मानको निमत्त पनि यो गलत निर्णय सच्याएर उपयुक्त नयॅा ठॅाउमा पार्क बनाऔॅ ।