अन्तर्राष्ट्रिय

मेक्सिकोमा एक दिनमा ६ हजार ७१९ जना कोरोना भाइरस सङ्क्रमित थपिए

७ मङ्सिर, मेक्सिको सिटी / मेक्सिको शनिबारमा एकैमा दिनमा ६ हजार ७१९ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । यसैसँग मेक्सिकोमा कोरोना भाइरस कुल सङ्क्रमितको संख्या १० लाख ३२ हजार ६८८ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा मेक्सिकोमा कोरोना भाइरस सङ्क्रमणको कारण ५५० व्यक्तिको मृत्यु भएको छ । हालसम्म मेक्सिकोमा कोरोना भाइरसको कारण १ लाख १ हजार ३३७ व्यक्तिको मृत्यु भईसकेको छ ।
शनिबारसम्म ७ लाख ७४ हजार ९३० व्यक्ति कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।